बनेपा, मध्यपूर्वी पहाडी जिल्लाको व्यापारीक नगरी बनेपामा नयाँ कोल्ड स्टोरेज उद्योग सञ्चालन हुन लागेको छ । चिरायु कोल्ड स्टोरेज प्रालिको कोल्ड स्टोरेज उद्योगको प्रारम्भीक वातावरणीय परीक्षण अध्ययन सम्बन्धी सार्वजनिक सूचना अनुसार कार्यान्वयनका लागि माघ २५ गते मंगलबार सार्वजनिक सुनावाई तथा राय सुझाव संकलन बनेपा नगरपालिका वडा नं १० मा सम्पन्न भयो । साविक मायोज कारखाना सञ्चालन भएको क्षेत्रमा कोल्ड स्टोर सञ्चालन हुन लागेको हो । उक्त चिरायु कोल्ड स्टोरेज सञ्चालन हुन लागेको हो ।
उक्त चिरायु कोल्ड स्टोरेजमा वार्षिक ३९ हजार मेट्रीक टन भण्डारण क्षमता रहने गरी सञ्चालनमा ल्याउन लागेको सञ्चालक प्रसाद ज्ञावलीले जानकारी दिनुभयो । उद्योग स्थापनाको लागि चिरायु कोल्ड स्टोरेजले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । बनेपा नगरपालिका वडा नंं १० का अध्यक्ष चन्द्र बहादुर खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष खडकाले उद्योग सञ्चालन वातावरण मैत्री हुनु पर्ने कृषि सामग्रीहरुको लागि प्राथमिकता दिनु र स्थानीयहरुलाई दक्षता अनुसार रोजगारीको अवसर उपलब्ध गराउनु पर्ने धारणा राख्नुभयो । उक्र कोल्ड स्टोरेज आगामी बैशाख १ गते देखि सञ्चालनमा आउने बताइएको छ । कृषि उपजका सामग्री, ड्राइफुड्स मसला र मासु लगायतका सामग्रीहरु कोल्ड स्टोरेजमा राख्न सकिने छ । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय बासिन्दा संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।