IMG-LOGO

सनलाइट साकोसको सहकारी अनुशिक्षण

 मंगल, मंसिर २१, २०७८  ---

 

       सनलाइट बचत तथा ऋण सहकारी संस्था लि श्रीखण्डपुरले समुदायमा सहकारीको भूमिका विषयक कार्यक्रम शनिबार बृहत पार्टी प्यालेसमा सम्पन्न गरेको छ । सेन्टलम एल्वम एकेडेमीका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरिएको कार्यक्रममा ज्येष्ट नागरिक लहरलाल रञ्जित, उत्कृष्ट बचतकर्ता बाटुलीमाई आचार्य, उत्कृष्ट बाल बचतकर्ता विप्लब कर्माचार्य, असल ऋणी जेनुसा थापा मगर लगायत विभिन्न पार्टीका नवनिर्वाचित प्रमुख एवं प्रतिनिधिलाई सम्मान गरिएको थियो । ९ सय ३४ जना सदस्य रहेको संस्थाले शेयर सदस्यहरुको आर्थिक रुपान्तरण लगायत विभिन्न सामाजिक कार्यमा कृयाशिल रहँदै आएको बताइएको छ ।

       राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री दिपक प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष मुकुन्द प्रसाद दाहाल,  जिल्ला सहकारी संघ काभ्रेका अमन पोटे श्रेष्ठ, धुलिखेल नगरपालिका वडा नं ५ का वडाअध्यक्ष गंगासागर रञ्जित, नेकपा एमाले धुलिखेलका अध्यक्ष दयाराम महत, एकीकृत समाजवादी धुलिखेल अध्यक्ष दयासागर श्रेष्ठ, नेकपा माओवादीका पृथ्वीबहादुर थापा, नेपाली कांग्रेसका नवनिर्वाचित नगर पदाधिकारी, टोलसुधार समितिका प्रमुख, सहकारीकर्मी, शेयर सदस्य, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष पूर्णसागर रञ्जितको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भवसागर रञ्जितले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्