IMG-LOGO

युनाइटेड ट्रेडबाट उत्पादित फार्निचर अब बनेपामा

 मंगल, मंसिर १४, २०७८  ---

       आइ एस ओ प्रमाणित युनाइटेड फम एण्ड मेट्रेस इन्डस्ट्रिज प्रा.लि. काठमाण्डौमा उत्पादन भएका फर्निचर सामाग्री अब बनेपामानै प्राप्त हुने भएको छ । शनिबार एक कार्यक्रमबीच युनाइटेड ट्रेड बनेपा प्रा.लिको चर्चित हास्यकलाकार मधुसुधन पाठक (सितेबा)ले उद्घाटन गर्नुभयो । १ करोडको अधिकृत पूँजी लगानीमा सञ्चालन भएको उक्त युनाइटेड ट्रड प्रा.लिमा गुणस्तर युक्त २ वर्ष देखि ५ वर्षसम्म ग्यारेन्टी भएको म्याट्रेक्स, सिरानी, तन्ना, कुशन फर्निचरहरुको उत्पादन तथा विक्रि वितरण गरिन्छ ।

       रु ५ सय देखि ५ लाख सम्मको मुल्य पर्ने सामाग्रीहरु खरिद गर्न सकिन्छ । रोयल सोफा, इलेक्ट्रीक पलङ लगायतका सामाग्री उपलब्ध गर्न  सकिने कम्पनीले जनाएको छ । युनाइटेड ट्रेड प्रा.लि बनेपाका अध्यक्ष अरुण थापाले फर्निचर सामाग्री देखि म्याट्रेस, तन्ना रोयल सोफा लगायतका उच्च गुुणस्तरको सामाग्री  खरिद गर्न काठमाण्डौ सम्म धाउनु नपरोस भन्ने उद्देश्यका साथ ३ जनाको लगानीमा कम्पनी सञ्चालन गरेको बताउनुभयो । अरुण थापा, राधाकृष्ण श्रेष्ठ र सदाव आलामको संयुक्त लगानीमा कम्पनी सञ्चालन गरेको हो । शुभाराम्भको दिन १० देखि २५ प्रतिशत सम्म छुटको प्रवन्ध गरिएको छ । हाल उक्त कम्पनीमा ३ जनाले रोजगारी प्राप्त गरेका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्