IMG-LOGO

एकीकृत साकोसको तेह्रौं साधारण सभा

 मंगल, कार्तिक ३०, २०७८  -

       पनौती ÷एकीकृत बचत तथा ऋण सहकारी संस्था लि.पनौती ७ को १३ औ. वार्षिक साधारणसभा शनिवार ताम्राकार पार्टी भेन्युमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि स्थानीय सहकारी रजिष्ट्रार पनौती नगर कार्यपालिकाका इन्द्रप्रसाद अधिकारीको सहकारीको कार्य सम्पादनमा सुधार व्यवस्थित र उपयोगी बन्दै गएको तथा संस्थाले एकीकरणका चरणहरु पार गरेको एकीकृत सहकारीलाई बधाई दिँदै सहकारी सँस्थाले न्युन आय भएकाहरुलाई साथ दिँदै अगाडि बढनु पर्ने कुरा प्रमुख अतिथि अधिकारीले बताउनु भयो । कार्यक्रममा एकीकृत साकोस र साविक अस्मनगर साकोसका सल्लाहकारहरु, पत्रकारहरुका साथै उद्यम विकास साकोसका अध्यक्ष रोशन श्रेष्ठ र सहयात्रा बहुउद्देश्य सहकारी संस्थाको अध्यक्ष गोविन्द न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो ।

       उत्कृष्ट नियमित बचतकर्ता विनोदकुमार अमात्य, उत्कृष्ट दैनिक बचतकर्ता शरद श्रेष्ठ, उत्कृष्ट साधारण बचतकर्ता महेश्वर जंगम, असल ऋणी सुर्यबहादुर खुलाल, असल लघुऋणी केदार केसी र ज्येष्ठ शेयरसदस्य बद्रीबहादुर खड्का सम्मान–पत्र, मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।  कार्यंक्रममा लसुन जोडि समूहको तर्फबाट सुरेन्द्र श्रेष्ठ र लक्ष्मण मतांछेले राष्ट्रिय गित र सहकारी सम्बन्धी गित प्रस्तुत गर्नुका उपस्थित शेयरसदस्यहरुलाई मनोरंजन प्रदान गर्नु भयो भने खुल्ला सत्रको कार्यक्रम कार्यसमितिका सदस्य बसुन्धरा आचार्यले संचालन गर्नु भयो थियो ।

       संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण प्रजापतिले संस्थाको कमिकमजोरी औलाउँदै सुझावहरु प्रस्तुत गर्नु भयो भने सचिव रविनभक्त स्याउलाले आ.व. २०७६÷७७ को प्रतिवेदन र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष भरत राउतले कोषाध्यक्षको प्रतिवेदन र बार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थामा शेयर सदस्य २६३३ जना रहेका छन् भने संस्थाको जगेडाकोष सहित कोषहरु १ करोठ १३ लाख, शेयरपूँजी २ करोड १६ लाख, बचत निक्षेप १४ करोड ९६ लाख र ऋण लगानी १३ करोड ८९ लाख रहेको जानकारी दिइएको संस्थाका व्यवस्थापक सविनसुन्दर सैंजूले जानकारी दिए ।

       यसै साधारण सभाबाट नयाँ संचालक समितिको चयन भई काजिबहादुर खत्रीको अध्यक्षतामा ११ जना संचालक समिति र बालकृष्ण प्रजापतिको संयोजकत्वमा ३ सदस्यिय लेखा सुपरिवेक्षण समितिको निर्विरोध निर्वाचित चयन भएको थियो । निर्वाचन समितिका संयोजक यज्ञप्रसाद हुमागाई लगायत गोविन्दप्रसाद न्यौपाने, दिपक शर्माले निर्वाचित पदाधिकारीहरुलाई लिखित प्रतिबद्धता र सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमको संस्थाका पूर्व अध्यक्ष राजकुमार तिमल्सिनाले संचालन भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्