IMG-LOGO

सारथी बहुउद्देश्यीयको साधारण सभा

 मंगल, कार्तिक २३, २०७८  -

 

       धुलिखेल÷सारथी बहुउद्देश्यीय सहकारी संस्था लि. धुलिखेलको स्थापना दिवस तथा छैठौं बार्षिक साधारण सभा पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि. नेपालका निबर्तमान अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

       होटल सारथी धुलिखेलमा भएको उक्त कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाबल्दभ सापकोटाको विषेश आतिथ्यता, जिल्ला सहकारी संघ लि. का निवर्तमान अध्यक्ष विनोद पराजुलीको आतिथ्यता सहित विभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । उक्त साधारण सभामा जेष्ठ नागरिक सम्मान, उत्कृष्ट ऋणी सम्मान, उत्कृष्ट वाल बचतकर्ता सम्मान, उत्कृष्ट बचत र उत्कृष्ट कर्मचारीको सम्मान समेत गरिएको थियो । संस्थाले १४ करोड भन्दा माथिको कूल पूँजी निर्माण गर्न सफल भएको छ भने शेयर सदस्यरुलाई १५ प्रतिशतको शेयर लाभांश वितरण गर्न सक्षम भएको छ । 

       जिल्ला सहकारी संघ लि. को ४० औं बार्षिक साधारण सभाबाट निर्बाचित सबै सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो भने काभ्रे जिल्लामा स्थापना भएको कोअपरेटिभ मेनेजर्स क्लवका कार्य समितिका सबैलाई सम्मान समेत गरिएको थियो । यस आर्थिक बर्षभित्र संस्थाले करिव २४ करोडको कूल पूँजी तथा शेयर पूँजी ३ करोड पुर्याउने लक्ष्य सहित आफ्नो योजना अगाडी सारेको छ ।  संस्थाका सचिव प्रल्हाद प्याकुरेले संचालन गर्नुभएको थियो भने संचालक समिति सदस्य रोशनी उपाध्याय स्वागत गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्