IMG-LOGO

राधाकृष्ण बचतको अध्यक्षमा पुनः कमल

 सोम, कार्तिक १५, २०७८  -

       बनेपा,  राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १४ औँ वार्षिक साधारण सभाले पुनः अध्यक्षमा कमल अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । उपाध्यक्ष इन्दिरा कुइकेल, सचिव सजना मानन्धर, कोषाध्यक्ष रामेश्वर आचार्य र सदस्यहरु रविन शाक्य, मुकेश श्रेष्ठ र शुरेन्द्र शाक्यलाई सर्वसम्मत रुपमा कार्य समितिमा चयन गरेको छ । निर्वाचन उपसमितिका संयोजक काभ्रेपलाञ्चोक जिल्ला बचत संघका कोषाध्यक्ष जीतेन्द्र नकर्मीले निर्वाचित कार्य समितिको नाम सर्वसम्मत भएको घोषणा गर्नु भएको थियो ।

       लेखा सुपरिवेक्षण समितिको संयोजकमा भरतराज न्यौपाने, सदस्यहरु नवराज आचार्य र कुमार पुलामी निर्वाचित हुनुभएको छ । बनेपा नगरपालिका सहकारी शाखाका  प्रमुख धु्रवराज नेपालले उद्घाटनको क्रममा बोल्दै भन्नु भयो । शेयर सदस्यहरुको वृहत आर्थिक हित गरी सामाजिक आर्थिक रुपान्तरण गर्नु नै संस्थाको उद्देश्य हुनुपर्ने धारणा राख्नु भयो । २८ हजार सहकारी संस्थाहरु देशमा सञ्चालनमा रहेको उल्लेख गर्दै बनेपा भित्र २ सय २० सहकारी संस्थाहरु सञ्चालनमा रहेकोमा आर्थिक सुशासन स्थायित्व र विकास गर्न सफल भएका संस्थाहरु न्यून मात्र रहेको प्रमुख अतिथि ध्रुवराज नेपालले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रथम उपाध्यक्ष इन्द्र प्रसाद अधिकारीले सहकारी संस्थाहरु आफैँ भित्रको प्रतिस्पर्धा भएको बैँक र सहकारी कुनै सँग नभएको उल्लेख गर्नुभयो । ऐन, नियम, नीति, विधि प्रविधिको परीधिमा सञ्चालन गरी सदस्यहरुको आर्थिक समृद्धि हाँसिल गरी जीवन सुखमय बनाउनु पर्ने धारणा राख्नुभयो ।

       सचिव सजना मानन्धरले प्रगति तथा भावी कार्ययोजना र कोषाध्यक्ष हरिकृष्ण थापाले आ.व. ०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत  गर्नुभयो । १ हजार ७ सय शेयर सदस्यहरुबाट ६९ लाख ४७ हजार ५ सय शेयर पूँजी संकलन गरी व्याज आम्दानी गरेको छ । १४ लाख ७४ हजार ८ सय १२ रहेको छ । संस्थाकी प्रवन्धक सविता मानन्धरले कार्यक्रम सञ्चालन गर्नुभएको कार्यक्रममा अतिथिहरुमा सुनौलो बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सर्मीला मल्ली र नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान उपाध्यक्ष रमेश प्रसाद न्यौपाने हुनुहुन्थ्यो । कार्यक्रममा जेष्ठ सदस्य उत्कृष्ट बचत कर्ता उत्कृष्ट ऋणीहरुलाई समेत सम्मान गरिएको थियो । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्