IMG-LOGO

फेसबुकबाट फेसबुकका कुरा

 मंगल, मंसिर ११, २०८१  ---

         फेसबुक सामाजिक सञ्जालका परिकल्पनाकार ३३ वर्षीय (सन् २०१६ मा) यी अमेरिकी युवा विश्वका सबैभन्दा कम उमेरका अर्बपति हुन् । उनीसँग अहिले नै ७६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । जुन १५० खर्ब नेपाली रूपैयाँभन्दा बढी हो । फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्तिमा पनि वृद्धि हुँदै जानेछ । अहिले फेसबुकमा आफ्नो एकाउन्ट खोल्ने व्यक्तिहरूको संख्या ५० करोड नाघेको छ । विश्वभर एकसाथ १५० करोडभन्दा बढी व्यक्ति यो सोसियल नेटवर्कसँग जोडिएका हुन्छन् । २४ करोड ५० लाख मानिस महिनामा फेसबुकमा सक्रिय छन् ।          फेसबुक ९ँबअभदययप० एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो, जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् । आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन् । यसका अतिरिक्त प्रयोगकर्ताको सहर, विद्यालय, कलेज या कार्यस्थलको आधारमा बनाइएका सञ्जालमा सामेल हुन सक्छन् । आफनो फेसबुक प्रयोगकर्ता पृष्ठको “वाल” वा “टाइमलाइन”मा प्रयोगकर्ताले आफनो दैनिकी वा विविध विषय साथीहरू माझ बाँड्न समेत सक्छन् । प्रयोगकर्ताहरूले बढीमा ५,००० जना साथी आफ्नो खातामा जोड्न सक्छन् । फेसबुकद्वारा प्रदान गरिएको फेसबुक पृष्ठ नामक विशेष सेवा प्रयोग गरेर चर्चित व्यक्ति, कलाकारहरू आफ्ना प्रशंसकहरूसँग अन्तरक्रिया पनि गर्न सकिन्छ । फेसबुकमा अहिले एकअर्कासँग सन्देश वार्तालाप, भिडियो वार्तालाप, सामूहिक वार्तालाप र गीत सुन्ने जस्ता सुविधाहरू थप गरिएका छन् । फेसबुक प्रयोग गर्नका लागि प्रयोगकर्ताको उमेर कम्तिमा १३ वर्षको हुनुपर्ने नियम रहेको छ साथै इमेलबाट फेसबुक खातालाई सक्रिय बनाइने भएकाले प्रयोगकर्तासँग निजी इमेल खाता हुनुपर्दछ, इमेल नभए आफ्नो फोन नम्बर राखेर पनि खाता खोल्न सकिन्छ । फेसबुक चलाउन मन नलागेमा आफ्नो खाता निस्कृय पनि बनाउन सकिन्छ । खाता निस्कृय बनाइसकेपछि तत्कालका लागि फेसबुक खातामा कसैले टिप्पणी, पोस्टलाई लाइक र वालमा लेख्न सक्दैन, तर स्थायीरूपमा भने खाता मेटिदैन र पछि सक्रिय बनाएपछि सबै सूचनाहरू प्राप्त समेत गर्न सकिन्छ । फेसबुकको मुख्य विवादको कुरा यसको गोपनीयताको रहेको छ । यो वेबसाइटको नामको उद्गम भने विश्वविद्यालयले विद्यार्थीहरूलाई एक अर्कालाई चिन्न सहयोग पु¥याउने उद्देश्यले तयार पारिएको पुस्तकको नामबाट आएको हो, जुन नयाँ शत्र सुरु हुने बेला सबै विद्यार्थीहरूलाई दिने गरिन्थ्यो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्