IMG-LOGO

डाक्टर र जीवनको मोल

 मंगल, मंसिर ४, २०८१  – आर. एल. श्रमजीवी

    जीवन बुझ्न मृत्यु भएका मान्छेलाई हेरेर घोत्लिन सकिन्छ । झन् अस्पताल पुगेर डाक्टर र बिरामी हेर्दा त्यो अनुभव गर्न सकिन्छ । डाक्टर बिरामीका लागि भगवानका अवतार हुन् । डाक्टरहरू केवल एक पेशागत व्यक्तित्व नभई समाजका संरक्षक, स्वास्थ्यका मार्गदर्शक र मानिसको जीवन बचाउने नायक हुन् । डाक्टरको जीवनमा मोल मापन गर्न गाह्रो छ, किनकि उनीहरूले आफ्नो ज्ञान, समय र ऊर्जा प्रयोग गरेर अरूको जीवनलाई नयाँ दिशा दिन्छन् । डाक्टर छन् र पो जीवनको महत्व अझै बढेको छ । डाक्टरहरूले मानिसको जीवन बचाउन २४ घण्टा काम गर्छन्। चाहे महामारी होस्, दुर्घटना, वा अन्य आपतकालीन अवस्था, उनीहरूको भूमिका साँच्चै अपरिहार्य छ । डाक्टर बन्न त्याग समर्पण र परिश्रम सबै चाहिन्छ । हाम्रो देशमा त पैंसा पनि चाहिन्छ । डाक्टर बन्ने प्रक्रियामा धेरै कठिनाइ र परिश्रम छ । उनीहरू आफ्नो व्यक्तिगत जीवनको धेरै हिस्सा समाजको सेवा गर्न आफूलाई समर्पित गर्छन् विकसित देशमा पैसाको लागि हाम्रो देशको जसरी डाक्टर अरु देशमा जाँदैनन् ।     कोरोना लहर पछि सम्पन्न केही देशमा डाक्टरको ज्ञान र अनुसन्धानलाई जोड दिएर आमूल परिवर्तन गरेका छन् । त्यसैले नयाँ रोगहरूको उपचार खोज्न, औषधि विकास गर्न, र विज्ञानलाई अगाडि बढाउन डाक्टरहरूले महत्वपूर्ण भूमिका खेलिइरहेका छन् । मानवीय भावनाले ओतप्रोत डाक्टरहरू बिरामीप्रति सहानुभूति, माया, र समर्थनको भावना व्यक्त गर्छन्, जसले शारीरिक मात्र नभई मानसिक उपचारमा पनि डाक्टको भूमिका अतुलनीय छ ।     यो जीवनको मूल्य के हो ? त्यो जान्न गम्भीर मान्छे बिरामी भएर नियमित औषधी खाँदै किस्तामा बाँच्दा मात्रै थाहा हुन्छ । डाक्टरहरूको योगदानले अनगिन्ती बिरामी व्यक्तिहरूको जीवनमा सकारात्मक प्रभाव पारेको हुन्छ । त्यसैले, डाक्टरहरूको सम्मान र योगदानको कदर गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । डाक्टर भनेका समाजका दीप हुन्, जो अरूको जीवन उज्यालो बनाउन आफ्नो जीवनको तेल बल्न दिन्छन् ।     जीवनलाई नजिकबाट मृत्यु भएकालाई नियालेर नियमित काम फर्किएको छु । सेतो कोट लाउने डाक्टर अन्तिमसम्म प्रयत्न छोड्दो राखिन्छ । छोडेपछि उसको ड्यूटी माथि प्रश्न हुने रहेछ । हरेक डाक्टर आफ्नो ड्युटीमा बिरामी नमरोस् भनेर त्यही नबोल्ने नदेखिएको भागवानको प्रार्थना गर्दा रहेछन । यो अनुभूति र अनुभव गहिरो छ र यसले जीवन र मृत्युबीचको नाजुक सन्तुलनलाई झल्काउँछ । सेतो कोट लगाउने डाक्टरहरूको काम न केवल विज्ञान र सीपमा आधारित हुन्छ, तर यो भावना, जिम्मेवारी, र आत्मीयताले पनि भरिएर के गर्नु । जटिल बिरामी देख्दा आत्तिने डाक्टर हुने रहेछन् । डाक्टरहरूले अन्तिमसम्म प्रयत्न गरिरहने कारण मात्र आफ्नो पेशागत कर्तव्य होइन, बिरामीप्रति उनीहरूको दायित्व र मानवीय संवेदनशीलता पनि हो । मृत्यु अटल छ भन्ने थाहा हुँदाहुँदै पनि उनीहरूले आफ्नो प्रयास र आशा कहिल्यै छोड्दैनन् । यो प्रयास बिरामीलाई बचाउनका लागि मात्र नभई, आफैंलाई सन्तोष दिलाउनका लागि पनि हो कि उनले कुनै कमी हुन छोडेनन् तर पनि बिरामी मर्छ भन्दा भन्दै पनि भेन्टिलेटरमा राखिएको पाए ।     डाक्टर जो जहाँको भए पनि त्यही धार्मिक विश्वास र आध्यात्मिकता पनि जोडिन्छ जस्तो लाग्यो । धेरैजसो डाक्टरहरूले आफूले गर्न सक्ने जति गरेर बाँकी भगवान माथि छोड्ने प्रार्थना गर्छन् । यो एक प्रकारको मानसिक शान्ति र आशा हो, जुन यस्तो कठिन परिस्थितिमा सामना गर्न आवश्यक हो जस्तो लाग्यो । जीवनलाई नजिकबाट देख्दा र मृत्युको छेउमा पुगेर फर्कँदा मानिसमा धेरै परिवर्तन आउँछ । यस्तो अनुभवले जीवनको महत्व, समयको मूल््य, र मानवताको गहिरो अर्थ सिकाउँने रहेछ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्