ल कारण थिए कमलाको पराजयमा । यो पहिलो पटक थिएन सन २०१६ मै हिलारीको राजनैतिक अन्त्य गरिदिएको थियो उनको चाही कारण थियो सेक्सिज्ज्म अर्थात उनी महिला थिइन । तर पराजयसङ्गै उनले निर्वाचित भनिएका डोनाल्ड ट्रम्पलाई राजनैतिक संस्कार पनि पढाइदिएकी छिन् । हार्नु, पराजय हुनु भनेको अर्काको अस्तित्व स्विकार्न मिल्दैन भन्ने होइन जुन उनले सन २०२० मा आफ्नो पराजय सङ्गै निर्वाचन र बाइडेनको बिजयलाई मान्न तयार भएनन् । अहिले कमला रेसिज्जम र सेक्सिज्जमको शिकार बनिन् यसपटक । जुन कुरा सन २०१६ को बिग लेसनलाई डेमोक्र्याटहरुले आँखा चिम्लिए । के हो यो रेस्सिज्जम र सेक्सिज्जम भनेको ? अमेरिकामा १९ औ संबिधानको शंसोधन सन १९२० बाट मात्र अमेरिकामा महिलाहरुले मतदानको अधिकार पाएको झन्डै १ सय वर्ष बल्लतल्ल नाघेको छ । यो समयसम्म पनि अमेरिकामा महिलाहरुको अधिकार संबिधानमा रहेपनि कानुन त प्रबल अधिकार भएपनि व्यवहारिक रुपमा महिलाहरुलाइ गोराहरुले त्यसमा पनि राता घाटी रेड नेकहरुले हेर्ने र गर्ने व्यवहार समान र फेयर छैन । जुन कुरा मैले २० वर्ष अमेरिका बसेर दैनिक रुपमा अमेरिकन समाज र गोरा, काला लगायत सबै धर्म र वर्णसङ्गको उठबसबाट अनुभुति गरिरहेको छु । यो सेक्सिज्जम हो । जेन्डरका आधारमा गरिने कुनै पनि सोच, व्यवहार, पक्षपात मुलत महिला, लेडी र केटीहरु हुने यसखाले सोचलाइ सेक्सिज्जम भनिन्छ । कमला महिला परिन त्यो पूर्णत मतदानमा झल्कियो । मनग्गे मत आयो तर जित्ने मत त्यसमै अडकियो । कमला काला बर्णका पिताबाट भारतीय महिलाबाट जन्मिएकी हाइब्रिड हुन तर उनलाई काला जातिले नै सोचेको संख्या जति मतदान गरेनन् भनेपछि गोराहरुले गर्ने नै भएनन् । उनलाई कालाहरुले पनि स्वीकार नगर्नु अर्को दुखदायी अवस्था बन्न गयो । काला जाति प्रति गोराहरु अझै कम्फर्ट अनुभुति गर्दैनन् । आफ्ना चेलि, छोरीहरु काला जातिले लगि बच्चाहरु जन्मेमा नाति नातिनाहरुलाई देखाउने केही प्रेम भन्दा बाहेक गोराहरुले कालाहरुलाई अझै कपटपुर्ण ढङ्गले हेर्ने गर्दछन जुन शिकार कमला बनिन् । उनले बाहिर भन्न सक्दिनन्, भन्न मिल्दैन र भन्दिनन् पनि तर साँचो कुरा उनले बुझेकी छिन् जसको शिकार उनी बनिन् । यी कारणहरुले कमला हारिन् । १. रेसिज्जम र सेक्सिज्जम महिला र कालि हुनु माथि उल्लेख गरे जस्तै उनी दोषि बनिन् । जसले के देखायो भने यो मुलुकमा अमेरिकीहरु महिला राष्ट्रपति देख्न, हेर्न र भोग्न चाहदैनन् भन्ने उनीहरुको मतदानले देखाएर महिला र वर्णप्रति हिट गरे । २. आर्थिक कारण कोभिड पछि विश्व नै महङ्गिको मारको चपेटामा छ र अमेरिका पनि अछुतो छैन । इनफ्लेसन अर्थात महङ्गि यसरि बढ्यो कि गरिब एबम वर्किङ्ग क्लासका मानिसहरु टिक्नै नसक्ने गरि आर्थिक मार भोगिरहेका छन् अमेरिकामा । कमाएर कर तिर्ने, कमाएर बिमा तिर्ने र कमाएर आफ्नो दैनिकि टार्न धौ धौ भएका अमेरिकनहरु बितेको झन्डै ४ वर्ष अत्यन्त फ्रस्ट्रेट थिए र छन् । यति नै बेला ट्रम्पले यसलाइ क्यास आउट गरे । उनले सन २०१६ देखि २०२० सम्म छोडेको मेस क्लिन गर्नमै बाइडेनको समय गुज्रियो तर पब्लिकले चाल पाएनन् । काम र श्रम बिश्वास हराउँदै गएको, बसिखाने, उपयोगबादी कन्सेप्ट, बेनेफिट मात्रै ताक्ने वर्किङ्ग क्लास, कोभिड पछि उत्पादनमा परेको असर र उपभोक्तासम्म आइपुग्दा कष्ट बढेको आर्थिक पक्ष अर्को ठाँउमा छदैछ । आर्थिक फ्रस्ट्रेसनको र इनफ्लेसन एबम रिसेसनको असरको शिकार बनिन् कमला र उनले निर्वाचनका समय पूर्णत पुरापुर र भरपक्का आर्थिक निति पनि देखाउन र ल्याउन सकिनन् । ३. प्रोग्रेसिभ सोसियल पोलिसी कमला एक हिसाबले कम्युनिष्ट हुन् र कम्युनिष्ट बिचारसङ्ग नजिक छिन् । डेमोक्रेटीक पार्टी भित्र उग्र लेफ्टहरु उनीसङ्ग नजिक छन् । उनका पोलिसि बामपन्थी र लेफ्टसङ्ग मिल्दाजुल्दा छन् । जुन कुरा ट्रम्पले मज्जाले क्यास आउट गरे । उनका पोलिसिहरु प्रोग्रेसिभ र सोसियल छन् जुन कुरा आम अमेरिकिहरु अझै सशङ्गित छन् । जसका कारण कमलालाई मज्जाले झट्का दियो । ४. बाइडेनको छायाँ बाइडेन अहिले राष्ट्रपति छन् जसको नराम्रा पक्षहरु ट्रम्पले क्यास गरे । उमेर, आर्थिक मन्दि एबम महङ्गी, इमिग्रेसनको अहिलेको विवाद, सिमानामा गैरकानुनि मानिसको प्रवेशलाइ कमलाले आफ्नो राष्ट्रपतिय कार्यकालमा फरक कसरी बनाउन सक्छिन् भन्नेमा अमेरिकी जनतालाई बिश्वस्त बनाउन सकिनन् । जनताले सोचे बाइडेनको उपराष्ट्रपति बाइडेनकै पोलिसि डो¥याउनेछिन् भन्ने ट्रम्पको आरोपलाइ चिर्न सकिनन । यो अर्को समस्या बन्यो मतदानमा । ५. बडी ल्याङ्वेज एंबम म्यासेज कमलाको बडिको भाषा स्तरीय, बढि डिप्लोम्याटिक, गुणस्तरीय र बढि फर्मल बनिदियो । यो अर्को कारण थियो । भौजा, सन्काहा, झुट, फट्ट्याइ र भाडभैलो ट्रम्पका अघि उनले त्यहि रुपमा प्रतिबाद गर्न सकिनन् र उनको म्यासेज अमेरिकि जनताले अनुभुति गर्नै सकेनन । ६. ट्रम्प राष्ट्रवादि होइनन भन्ने देखाउन र चिनाउन सकिनन् । मानिसलाइ लाग्ला ट्रम्प राष्ट्रवादि हुन् भन्ने यो मात्र भ्रम हो । उनीले राष्ट्रलाई दिएको भन्दा बढि नै लिएका छन् । बिलिनियरले आयकर वर्षमा ७५० डलर मात्र तिर्छ । बैङ्क डुबाउने देखि आर्थिक रुपमा अपचलन मार्फत आर्थिक अपराधमा संलग्न ट्रम्प राष्ट्रबादि होइनन् । अमेरिकी हिरो जोन मेकेनलाई मानमर्दन गर्ने ट्रम्प कसरी राष्ट्रवादी बन्छन् । रोनाल्ड रेगन र जोन मेकेन जस्ता राष्ट्रवादी अमेरिकन नेताहरु प्रति शिर झुक्छ मेरो । मिट रोमि जस्ता मानिसहरु अझै रिपब्लिकन पार्टीमा छन् तिनका नामले शरिर शिर झुक्छ । ति सबैलाई मान मर्दन गर्ने मानिस राष्ट्रबादि होइनन । उनी सेल्फ सेन्टर हुन् । आफू, आफ्नो परिवार, आफ्नो स्वार्थ र आफ्नो वरिपरिका मानिसका लागि मात्रै ट्रम्प काम गर्छन् ।