IMG-LOGO

पराक्रमी योद्धा कुन्ती पुत्र कर्ण

 सोम, सावन ४, २०७८  आर एल श्रमजीवी 

कुन्ती पुत्र कणर् पराक्रमी योद्धा थिए । तर उनले युद्ध कलाको ज्ञान झूठो बोलेर प्राप्त गरेका थिए । जसको परिणाम उनले युद्धमा आफ्नो मृत्युको रुपमा भोग्नु पर्‍यो । जन्मेसँगै आफ्नी आमा कुन्तीले कणर्लाई त्यागेकी थिइन् । उनलाई एक सूतले आफ्नो पुत्रको रूपमा अपनाएका थिए । यसैकारण कणर् सूतपुत्रको रूपमा चिनिन्थे । कणर् परशुरामसँग शिक्षा लिन चाहान्थे तर परशुराम ब्राह्मणहरुलाई मात्र शिक्षा दिन्थे । यो कुरा बुझेर कणर्ले परशुरामसँग आफु ब्राह्मण भएको झूठ बोले र उनीबाट कयांै दिव्य अस्त्र-शस्त्रहरुको ज्ञान लिए । साथै ब्रह्मास्त्रको पनि शिक्षा प्राप्त गरे । जब परशुरामलाई कणर् सूतपुत्र भएको सत्य थाहा भयो तब उनी क्रोधित भए । परशुरामले कणर्लाई युद्धको सबैभन्दा महत्वपूणर् समयमा उनले आफ्नो सारा ज्ञान बिर्सिएर जाने र कुनै पनि अस्त्र शस्त्र चलाउन सक्ने छैनस भनि श्राप दिए ।  कुरुक्षेत्रको युद्धमा यहि श्राप कणर्को मृत्युको कारण बन्यो । तब मृत्युको शै्यामा रहेका कणर्ले भगवान श्रीकृष्णसँग गुनासो गरे । कणर्ले श्रीकृष्णलाई सोधे, ’ हे भगवान मलाई जन्मिनेबित्तिकै आमाले त्यागिदिइन् । एक अवैध बच्चा भएर जन्मिनुमा मेरो के गल्ती थियो ? द्रोणाचार्यले मलाई शिक्षा दिन अस्वीकार गरे किनकी उनी मलाई क्षेत्रीय मान्दैनथे । यसमा मेरो के गल्ती थियो ?’     कणर् गुनासो गर्दै भन्छन्, ’परशुरामले मलाई शिक्षाको साथै श्राप पनि दिए कि आवश्यक परेको ठाउँमा म आफ्नो विद्या बिर्सिन्छु भनेर । मैले चलाएको तीरको बीचमा गाई गल्तीले आयो र मर्‍यो । मलाई किन गौहत्याको पाप लाग्यो ? मलाई द्रौपदीको स्वयंवरमा पनि अपमानित गरियो । यहाँसम्मकि मेरी आमाले पनि मलाई अन्य छोराहरुको चिन्ताले मात्र छोराको रुपमा स्वीकार गरिन् । मलाई अहिलेसम्म जति मिल्यो सबै दुर्योधनको दयाले मिल्यो । अब म दुर्योधनप्रति बफादार हुनु कसरी गल्ती भयो ?’     तब श्रीकृष्ण सम्झाउछन् , ’हे कणर् संसारमा कसैको जीवन पनि चुनौतीरहित हुँदैन । केही कमजोरी युधिष्ठिरमा थिए र केही कमी दुर्योधनमा थिए । सत्य के हो र उचित के हो भन्ने कुरा हामी आफ्नो आत्माबाट निर्धारण गर्छौं । यसले कुनै फरक पर्दैन कि हामीमाथि कति अन्याय भयो, यसले कुनै फरक पर्दैन कि हाम्रो कति अधिकार हनन भयो, यसले कुनै अर्थ राख्दैन कि हाम्रो कति अपमान भयो । वास्तविक अर्थ त केवल एउटा कुराले राख्छ कि हामीले त्यसको कसरी सामना गर्छौं भनेर ।’ त्यसैले कुनै पनि मानिसको जीवन चुनौति रहित छैन । सबैको जीवनमा केही न केही कमजोरी अवश्य हुन्छ । हामी सत्यलाई, सतमार्गलाई लिएर अघि बढ्नु पर्नेछ । त्यही कर्मले हाम्रो भविष्य निर्धारण गर्नेछ । साथै सबै व्यक्तिको जीवन आफैमा विशेष हुन्छ चाहे त्यो कालो-गोरो, गरीब-धनी, अछूत (चांडल) वा ब्राह्मण नै किन नहोस ।     महाभारत युद्धमा कणर् मृत्युको शैय्यामा थिए । सो समय अर्जुनलाई श्रीकृष्णले भने ,‘आज धरतीबाट सबैभन्दा दानवीर कणर् प्रस्थान गर्दैछ ।’तब अर्जुनले भने, ‘प्रभु ! तपाईले कणर्लाई सबैभन्दा ठुलो दानवीर कसरी भन्नुभयो ?’    श्रीकृष्णले भने - , ‘हे पार्थ तिमी हेर्न चाहान्छौ कि कणर् कसरी दानवीर हो, त्यसो भए मसँग हिड ।’ श्री कृष्ण - ब्राह्मणको भेषमा युद्धको मैदानमा पुगे र  कणर्लाई बोलाए तब एक कुनाबाट कणर्ले भने, ‘मलाई कसले बोलाउँदै छ, म यहाँ छु ।’ कृष्ण कणर् भएको ठाँउमा पुगेर भन्नुभयो,’भाइ दानवीर कणर् म तपाईसँग केही माग्न आएको हु ।’     कणर्ले भने, ’यहाँ मसँग केहि पनि छैन, कागज दिनुहोस म लेखेर दिन्छु, मेरी श्रीमतीसँग गएर तपाई जे चाहनुहुन्छ लिनुहोला ।’ भगवान भन्न थाल्नुभयो, ’मलाई यज्ञ गर्नुछ । यज्ञको लागि थोरै सुन चाहिएको हो ।’ त्यस समय अचानक कणर्ले दाँतमा सुन लगाएको सम्झिए । उनको अघि एउटा ढुङ्गा थियो ।  त्यो ढुङ्गा उठाएर आफ्नो दाँतमा हानेर दाँतलाई भाचे । ब्राह्मण रुपी श्रीकृष्णलाई भने,’यो लिनुहोस सुन ।’     कृष्ण भन्छन् - , ‘यसमा त रगत लागेको छ । म रगत लागेको दाँत सहितको सुन लिन्न । सुनलाई दाँतबाट अलग गरि सफा गरेर देउ ।’कणर्ले भने, ’मेरो धनुष बाण त्यहाँ अगाडि छ त्यो ल्याएर मलाई दिनुहोस । ’    कृष्ण भन्छन , ’म त ब्राह्मण हुँ, अस्त्र शस्त्रहरुलाई हात लगाउदिन ।’ तब कणर् घिस्रदै घिस्रदै आफ्नो अस्त्र शस्त्रसम्म पुग्छन् । कणर्ले बाणलाई धर्ती हानेर धर्तीबाट पानी निकाल्छन् । सुन तथा दाँतलाई अलग गर्छन् तब कृष्णलाई अर्पण गर्छन् । श्री कृष्ण भन्छन , ‘हेर अर्जुन मैले भनेको थिए नि आज सबैभन्दा दानवीर धर्तीबाट जादैछन् भनेर । ‘सोही समय कृष्ण आफ्नो चतुर्भुज रुपमा प्रकटहुन्छन र कणर्सँग भन्नुहुन्छ ’ माग तिमीलाई के चाहिन्छ ?’ कणर् भन्छन्, ‘हे प्रभु ! तपाई दर्शन दिइरहनुभएको छ यो भन्दा माथि म के माग्न सक्छु ।’ जो साँचो भक्त हुन्छन् उनीहरु यहि भन्छन् । भक्ति दान मोहि दीजिए, गूरु देवन के देव । और नही कुछ चाअिए, निशिदिन तुम्हारी सेव ।। भक्त भक्ति बाहेक, सेवा सिवाय अरु केहि माग्दैन्न ।     त्यसो त श्रीकृष्ण पहिले पनि कणर्लाई सम्झाउन पुगेका थिए । श्रीकृष्ण भन्छन् , ’तिमी कुन्ती पुत्र हौ सूत पुत्र हैन । तिमी दूर्यौधनको साथ छोडेर आफ्ना भाइहरुको साथ आउ । आफ्नो भाइहरुसँग रहे पाण्डवको विजय निश्चित छ । तब दुर्योधन युद्ध पनि गर्ने छैन दुर्योधनको बल तिमी नै हौं ।’ कणर् भन्छन्, ‘ भगवान तपाई मलाई वचन दिनुहोस कि तपाई युधिष्ठिरलाई यो कुरा बताउनु हुने छैन ।’     कणर् भन्छन्, ‘यदि युधिष्ठिरलाई म उसको दाजु हँु भन्ने थाहा भयो भने युधिष्ठिरले युद्ध छोडेर मलाई राज्य दिनेछ । यदि मलाई राज्य प्राप्त भयो भने त्यो राज्य दुर्योधनलाई सुम्पनु पर्नेछ । म चाहन्न कि सत्यको हार होस । दुर्योधनसँग म केवल यसकारण साथ दिइरहेको छु की उनले मेरो स्वभिमानलाई ठेस पुग्न दिएनन् । मलाई राज्याभिषेक गराए । मेरो सत्कार गरे ।’       यसप्रकार कणर्ले पनि यो चाहे कि ‘सत्यमेव जयते’ सत्यको जित होस् । यसैकारण हामीले पनि आफ्नो जीवनमा सत्यलाई अपनाउदै निष्काम भावबाट प्रभुको भक्ति गर्नुपर्छ । भक्ति गर्दाको समय कुनै प्रकारको कामना राख्नु हुँदैन ।यसै कुरालाई सम्झाउदै भगवान श्रीकृष्ण गीतामा अर्जनलाई भन्नुहुन्छ । चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोऽर्जुन। आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ।। तेषां ज्ञानी नित्ययुक्त एकभक्तिर्विशिष्यते । प्रियो हि ज्ञानीनोऽत्यर्थमहं स च मम प्रियः ।।     श्री कृष्ण चार प्रकारका भक्तहरुको उल्लेख गर्छन्  । अर्ता, अर्थाथी, जिज्ञासु र ज्ञानी । श्री कृष्ण भन्छन , ‘यी सबैमा ज्ञानी श्रेष्ठ हो र मलाई सबैभन्दा प्रिय छ ।’

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्