IMG-LOGO

महाभारतका घृणित पात्र दुशासन 

 मंगल, माघ ६, २०७७  आर एल श्रमजीवी 

दुशासन महाभारत कथामा दुर्योधन भन्दा पनि घृणित खल पात्र हुन् । उनी धृतराष्ट र गान्धारीका सय भाइ छोरा मध्ये कान्छा सन्तान हुन् । दुर्योधनका भाइ दुशासनको भूमिका द्रौपदीको चीरहारण गर्न (दौपदीको बस्त्र उतार्न ) प्रयोग गरिएको छ । जब कौरव र पाण्डव बीच द्रुतकृडा (जुवा खेलमा ) शकुनीको कपटपूणर् चालले पाण्डवलाइ हराए पछि द्रोपदीलाई समेत बाजीमा राखेर त्यो जूवा खेलमा दुर्योधनले जितेका थिए । जुवा जित्नासाथ द्रौपदीलाई हस्तिनापुरको भारी सभामा ल्याउन दुर्योधनले पहिला एक भारदारलाई आदेस दिए । रजस्वला बारेर बसेकी द्रौपदीले आउन इन्कार गरे पछि चुल्ठामा समातेर अपमान गर्दै र्दुव्यवहार पूणर् तरिकाले  अपराधीलाई समेत गर्न नहुने व्यवहार दुशासनले गर्दै घिसार्दै दुर्योधन सामु ल्याएका थिए । प्रसिद्ध र प्राचीन हिन्दू महाकाव्य महाभारतका अनुसार कुरु वंशको कौरवा वंश अन्तर्गत हस्तिनापुरका कार्यकारी राजा धृतराष्ट्रका छोरा दुशासन राक्षस कै अवतार थिए ।  द्रौपदी पाँच पाण्डवकी पत्नी थिइन् यतिमात्र होइन उनी इन्द्रप्रस्त राज्यकी रानी पनि थिइन् । कौरव र पाण्डव बीचमा जुवा खेल भइरहदा उनी रजस्वला बारेर हस्तिनापुर राजभवन मै थिइन् । पाण्डवहरूले सबैले आफुलाई समेत हारे पछि युधिष्ठीरले द्रौपदीलाई दाउमा राखेर हारेका थिए । शकुनीको चालले जुवाखेलमा पाण्डवहरुलाई हराइएको थियो । द्रौपदीले अन्धाको छोरा अन्धो भनेर दुर्योधनलाई भनिएको बदला नै द्रौपदीलाई अपमान पूर्वक दुशासनले घिसार्दै हस्तिनापुर राजसभामा  ल्याएका थिए । कसै कसैले महाभारत युद्धको कारण नै द्रौपदीको चीरहरण हो भनेका छन् । कुशाक्षेत्रको मैदानमा युद्ध हुँदा दुशासनको वध भिमले गरेका थिए ।  भीमले आफ्नो गदा प्रहार गरेर दुशासनलाई टुक्र्का पारेका थिए । दुशासन मारिनु अघि उसले आफ्नो हात उचाले र भने कि यो हातले मैले हस्तिनापुर सभामा द्रौपदीको लुगाहरू निकालेको थिए, तब भीम क्रोधित हुँदै त्यो हात चुडालेर फ्याँके र दुशासनको छातीमा चुप्पी रोपेर रगत पिउन थाले । यो देखेर सबै जना डराएर भागे । भिमले यस्तो बदला लिनुको कारण थियो कि पाँच पाण्डव मध्ये भिम द्रौपदीलाई असाध्यै माया गर्थे । त्यो कालको द्रौपदी माथिको घटना अहिले नारी माथि भइरहेका हिंसासंगै दाँजेर हेर्न सकिन्छ । महाभारत यस्ता पात्रहरु अझै हाम्रो वरिपरि घुमेका छन् । हिन्दुहरुको प्रमुख काव्यग्रंथ मध्ये एक महाभारत जुन स्मृति को श्रेणी अन्तर्गत आउँछ । यो पूर्वीय सभ्यताको अनुपम धार्मिक, पौराणिक, ऐतिहासिक र दार्शनिक ग्रन्थ हो । मेरो दृष्टिमा  यो विश्वको सबैभन्दा लामो साहित्यिक पाठ र महाकाव्य पनि हो, । यो पुस्तकलाई हिन्दू धर्मको पाँचौं वेद मानिन्छ । यद्यपि यो साहित्यको सबैभन्दा अनौंठो रचना हो भनेर मानिन्छ, तर पनि आज पनि यो पुस्तक प्रत्येक दक्षिण एशियाली नागरिकका  लागि अनुकरणीय स्रोत हो । यो ग्रन्थ हाम्रो प्राचीन  इतिहासको गाथा हो । महाभारत आफैंका अनुसार यसका  रचनाकार वेद व्यास हुन् भन्ने विश्वास गरिन्छ । यसका लेखक वेद व्यासले आफ्नो वेद, वेदांग र उपनिषदका सबैभन्दा ठूला रहस्यहरू चित्रण गरेका छन् । यस बाहेक यस ग्रन्थमा  न्याय, शिक्षा, चिकित्सा, ज्योतिष, युद्ध, योगशास्त्र, अर्थशास्त्र, वास्तुकला, शिल्प कौशल, कामशास्त्र, खगोल विज्ञान र धर्मशास्त्र पनि विस्तृत वणर्न गरिएको छ ।  जसलाई आजका पुस्ताले नपढे अधुरो भइन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्