IMG-LOGO

महाभारतका जेष्ठ नायक स् युधिष्ठिर 

 मंगल, मंसिर १६, २०७७  आर एल श्रमजीवी 

  युधिष्ठिर महाभारत कथाका मुख्य पात्र मध्येका एक हुन् । उनी पाण्डुका जेष्ठ सुपुत्र र पाँच पाण्डवहरु मध्येका जेठा हुन् । कुन्ती पुत्र र महाभारतका नायकहरू मध्ये जटिल चरित्रका रुपमा युधिष्ठिरलाई उभ्याईएको छ । धर्मराजद्वारा उनी नियोग प्रक्रियाबाट जन्मिएका थिए । उनी सत्यवादी र धार्मिक आचरणको लागि महाभारत ग्रन्थमा प्रख्यात छन् । युधिष्ठिरका दुई पत्नि थिए जसको नाम द्रौपदी र देविका थियो । द्रौपदीबाट प्रतिपिंध्या र देविकाबाट धौध्याय नामका पुत्रको जन्म भएको थियो ।  महाभारत ग्रन्थमा युधिष्ठिरको मुखबाट धर्मसँग सम्बन्धित प्रश्न र तिनका उत्तरहरू महाभारतमा प्रस्तुत गरिएको छ । शान्तिपर्वमा युधिष्ठिर र भीष्मको सम्वादको रुपमा सम्पूर्ण सामाजिक नीति, राजनीति र धार्मिक कुराहरु प्रस्तुत गरिएको छ । युधिष्ठिर धनु र भाला चलाउनमा सिपालु थिए । उनी सत्यवादी थिए भनिएको छ । त्यसैले उनलाई महाभारतमा धर्मराजको उपमा दिईएको छ । महाभारतको युद्धमा धर्मराज युधिष्ठिर, सात अक्षरोहिणी सेनाका मालिक थिए र उनी कौरवहरूसँग युद्धमा जान तयार थिए । जबकि दुर्योधन एघार अक्षरोहिणी सेनाका मालिक थिए ।  महाराज पाण्डुको ज्येष्ठ सुपुत्र भनिए पनि उनी कुन्तीको गर्भबाट धर्मराजसँगको सभोगबाट जन्मिएका थिए । उनले गुरु कृपाचार्य र गुरु द्रोणाचाचार्यबाट धनुर्विद्या लगायत अन्य शिक्षा लिएका थिए ।  पाण्डव र कौरवमा ज्येष्ठ भएकै कारण उनका पिता पाण्डुको मृत्यु पश्चात धृतराष्ट्रपछि हस्तिनापुरको राजसिंहासन उनको लागि सुरक्षित थियो । उनमा विषयवस्तुलाई ठिकसँग पछ्याउन सक्ने खुवी थियो । त्यतिमात्रै होईन उनीसँग अचम्मको धैर्य, लगनशीलता, सहिष्णुता, कोमलता र दया जस्ता गुणहरू प्रशस्त थिए । यही कारण उनको जीवनमा अनेक विपद आई पर्यो । दुर्योधन आदिको षडयन्त्रको कारण उनी माता कुन्ती लगायत आफ्ना भाइहरूसँग वार्णावत पठाइयो । जुन भवनमा उनी आफ्ना माता र भाईहरुसँग बसेका थिए त्यो भवन उनीहरुको मृत्युको लागि निर्माण गरिएको लाहा ( ज्वलनशिल वस्तु ) बाट निर्माण गरिएको थियो । षड्यन्त्रको सामान्य जानकारी विदुरबाट पाएका उनीहरुले त्यस भवनबाट भाग्नको लागि गोप्य रूपमा सबै भाईहरु मिलेर सुरुंग खनेका थिए र दुष्ट दुर्योधनको योजना मुताबिक भवनमा आगजनी हुँदा उनीहरु सुरुंगको बाटोबाट भागेर ज्यान बचाउन सफल भएका थिए ।   के युधिष्ठिर साँच्चिकै सत्यवादी थिए ? महाभारतमा धेरै चरित्रहरू मध्ये युधिष्ठिर प्रमुख पात्र हुन् जसको जीवनको भोगाईबाट हामी धेरै कुरा सिक्न सक्छौं । युधिष्ठिरबाट धर्म र सत्यको मार्गबाट अघि बढ्ने प्रेरणा पाउँन सकिन्छ । महाभारत ग्रन्थमा धर्मराज युधिष्ठिर आफ्नो अघिल्लो जन्ममा श्रापित भएका कारण पृथ्वीलोकमा जन्मनुपरेको कुरा उल्लेख छ । उनले आफ्नो जीवनकालमा अश्वत्थामाको बारेमा झुठो बोलेका थिए । उनीद्वारा बोलिएको त्यो झुठोलाई पनि आधा सत्य र आधा असत्य मानिन्छ । जसमा युधिष्ठिरले श्रीकृष्णको सल्लाह अनुसार महाभारत युद्धको मैदानमा गुरु द्रोणलाई मार्ने क्रममा गुरु द्रोणलाई अश्वत्थामा नामको हात्तीको मृत्यु भएको खबर दिए । यो सुनेपछि गुरु द्रोणले उनको छोरो अश्वत्थामाको मृत्यु भएको ठानेर पुत्रवियोगको पिडाको महसुस गरे । जसको कारण गुरु द्रोणाचार्य दुःखित हुँदै भूमिमा खसे र यही समयमा उनी मारिए ।  तर के तँपाईं थाहा छ धर्मराज युधिष्ठिरले यो बाहेक पनि झुठ बोलेका थिए । जुन झुठलाई महाभारत ग्रन्थमा झुठ भनिएको छैन । उनले अज्ञातवासको समयमा आफ्नो वास्तविकता लुकाएर विराट राजाको दरबारमा पुग्दा राजा विराटले युधिष्ठिरलाई उनीहरुको परिचय माग्दा युधिष्ठिरले आफू कण्क नामको ब्राह्मण भएको र उनी वायाघर नामका ब्राह्मण परिवारसँग सम्बन्धित भएको भन्दै उनले आफूलाई युधिष्ठिरको साथी भएको र पाशा खेल्नमा एकदम सिपालु भएको कुरा बताए । आफू टाढाको शहरबाट आएको कुरा गरे । यस बाहेक उनले आफ्ना भाइहरूको परिचय दिँदै चार भाइ र पत्नीको नाम अरु नै बताउँदै उनीसँग राजाको दरबारमा काम गरेको लामो अनुभव रहेको कुरा गरे । यो कुराको प्रमाण महाभारत ग्रन्थमा राज विराट र युधिष्ठिर बिच विराटपर्वमा गरिएको कुराकानी प्रमाणको रुपमा रहेको छ । यद्यपि धर्मराज युधिष्ठिरले भनेका यि झुठलाई धर्मको रक्षा गर्न लागि भनिएको छ । जुन कुराले कसैको नोक्सान गर्दैन त्यस्तो कुरालाई असत्यको श्रेणीमा राखिदैन भनिन्छ । वास्तवमा एक व्यक्तिको धर्म अर्को व्यक्तिको लागि गलत हुन सक्छ । यो सबै परिस्थितिमा निर्भर गर्दछ । के युधिष्ठिर साँच्चिकै सत्यवादी थिए त रु यो प्रश्नको जवाफ धेरैले दिन सकेका छैनन् । युधिष्ठिरका सात निर्णयको असर, महाभारतको सबैभन्दा ठूलो युद्ध कुरुक्षेत्र युद्धमा भएको थियो । जसलाई महाभारतको युद्घको रुपमा जानिन्छ । यस युद्धमा कौरव र पाण्डव सेनाहरूले भाग लिएका थिए । पाण्डवहरु मध्ये जेष्ठ युधिष्ठिरले उनको जीवनकालमा सात महत्वपूर्ण निर्णयहरू गरेका थिए । ती निर्णयहरु यसप्रकार छन्,   १। द्रौपदीलाई आफ्नो भार्या बनाउने निर्णयः शर्त अनुसारको प्रतिस्पर्धामा अर्जुनको स्वयम्वर द्रौपदीसँग भएको थियो । नियमानुसार द्रौपदीको विवाह अर्जुनसँग मात्र हुनुपथ्र्यो । तर उनले कुन्तीको आदेश पालना गरेर द्रौपदीलाई आफू लगायत पाँचै पाण्डवको पत्नी ( भार्या ) को रूपमा स्वीकार गरे ।   २। जुवा खेल्ने निर्णय ः भीष्मको अनुमति पाएर मनोरंजनको लागि जुवा खेल्न बसेका युधिष्ठिरले बाजी लगाएर जुवा खेल्ने निर्णय गरे र उनले इन्द्रप्रस्थ लगायत पत्नी द्रौपदीलीई समेत दाउमा राखेर हारे ।  ३। युधिष्ठिरद्वारा छलछामको समर्थन ः पाण्डवहरूको पराजय निश्चित देखेर श्रीकृष्णले युधिष्ठिरलाई छलकपटको लागि आग्रह गरे । यस योजना अन्तर्गत युद्धमा ुअश्वत्थामा मारियो भन्ने कुरा फैलियो तर युधिष्ठिर झूट बोल्न तयार भएनन् । त्यसपछि अवन्तराजाको अश्वत्थामा हात्तीलाई भीमले मारे । यसपछि युद्धमा ुअश्वत्थामा मारियोु भन्ने कुरा फैलियो । यो कुराको यकिन गर्न जब गुरु द्रोणाचार्यले धर्मराज युधिष्ठिरलाई अश्वत्थामाको मृत्युको सत्यता जान्न आग्रह गरे, तब उनले अश्वत्थामा नामको हात्ती मारिएको कुरा गरे तर यो कुरा भनिरहँदा श्रीकृष्णद्वारा बजाईएको शंखनादको कारण गुरु द्रोणाचार्यले युधिष्ठिरको ुतर हात्तीु भन्ने शब्द सुन्न सकेनन् र पुत्रवियोगले विव्हल भई शस्त्र त्यागेर उनी जमिनमा पच्छारिन पुगे । यही अवसरको फाईदा उठाउँदै द्रौपदीका भाइ धृष्टद्युम्नले द्रोणाचार्यको टाउको आफ्नो तरवारले काटिदिए ।  ४। युयुत्सुलाई पाण्डवको पक्षमा मिलाउन सहमत ः युयुत्सु कौरवको तर्फबाट युद्ध लड्न कुरुक्षेत्र गएका थिए । उनी कौरवहरुका भाइ थिए र पनि द्रौपदीको चिरहरणको समयमा उनले कौरवहरुको विरोध गरेर पाण्डवको समर्थन गरेका कारण युद्ध शुरु भएको दिन युधिष्ठिरले उनलाई पाण्डव सेनामा समावेश गराए ।   ५। भीष्मबाट उनको मृत्युको रहस्य थाहा पाउनु ः युधिष्ठिरले देखे कि भीष्म कौरवको पक्षमा लड्दै थिए यो देखेर उनलाई नमज्जा लाग्यो र उनले पाण्डव पक्षको सेनामा समावेश हुनको लागि आग्रह गरे । तर उनलाई उनको नैतिकताले नदिने भन्दै भीष्मले युधिष्ठिरलाई शिखंडीद्वारा आफ्नो मृत्यु हुने कुरा बताए ।  ६। राजा युधिष्ठिर स् महाभारत युद्ध पछि धर्मराज युधिष्ठिरले धेरै काल शासन गरे । युधिष्ठिरको शासनलाई सु–शासनको भनिन्छ । कालान्तरमा युधिष्ठिर राज्य, धन, वैभव देखि असन्तुष्ट भएर श–शरीर स्वर्गमा जाने निर्णय गरे ।  ७। युधिष्ठिरको स्वर्ग यात्रा ःयुधिष्ठिर लगायत पाण्डवहरूले परीक्षितलाई राज्य दिएर महाप्रस्थानको लागि स्वर्गतिर लागे, तर बाटोमा द्रौपदी लगायत सबै पाण्डवहरूको बाटोमा मृत्यु भयो । युधिष्ठिर मात्र श–शरीर स्वर्गमा पुगेका थिए भन्ने कुरा महाभारत ग्रन्थमा उल्लेख छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्