IMG-LOGO

गुरु कृपाचार्य बारे

 बुध, मंसिर १०, २०७७  आर. एल. श्रमजीवी

कौरव र पाण्डवका द्रोणाचार्य बाहेक अर्का गुरु पनि थिए । उनको नाम कृपाचार्य थियो । उनी महाभारतका महत्त्वपूर्ण पात्र मध्ये एक हुन । उनीलाई अष्ट चिरन्जिवीहरु मध्येका एक चिरन्जिवी पनि भनिन्छ  । कृपाचार्य महर्षि गौतम शार्दवानका छोरा हुन् । महाभारत कथा अनुसार शार्दवानको तपस्या देखेर इन्द्रको आशन डगमगाएको हुनाले तपस्या भंग गर्न इन्द्रले जनपदी नामकी एक देवकन्या तपस्या स्थलमा पठाए । ती देवकन्याको सौन्दर्यको कारण, शार्दवान यति मोहित भए कि उनले आफ्नो उत्तेजना नियन्त्रण गर्न नसकेर आफ्नो वीर्य खुट्टामा खसाले । त्यो वीर्य दुई भागमा विभाजित हुन गयो । त्यही वीर्यको एक भागवाट कृपा नामक बालक जन्मिए भने अर्को भागवाट कृपी नामकी कन्याको जन्म भयो । ऋषि शार्दवन धनुविद्यामा पोख्त थिए त्यसैले बालक कृपा पनि आफ्नो बुबाले जस्तै धनुविद्यामा रुची राख्न थाले र कालान्तरमा उनी कृपाचार्य भनेर चिनिन थाले ।    कृपाचार्यको पालन पोषण राजा शान्तनुद्वारा भएको थियो । उनी वन विहारमा जाँदा दुई बालबालिका जंगलमा अलपत्र अवस्थामा देखे र तिनीहरुलाई त्यो अवस्थामा देख्दा उनको मनमा दया पलायो र आफ्नो दरबारमा लगेर पालणपोषणको व्यवस्था गरे । उनले ती बालबालिकाको परिचय खोज्नेलाई ती बालबालिका आफ्नै सन्तान भनेर परिचय दिए । ती दुवै बालबालिका बिस्तारै हुर्किदै थाले । शान्तनुले ती दुवै बच्चाहरूलाई आवश्यक शिक्षा दिक्षाको व्यवस्था गरेका थिए । यता तपस्या भंग भएका ऋषि गौतम शार्दवान पनि आश्रमबाट अन्यत्र गए र धनुर्वेदको अध्ययन गर्न थाले । राजा शान्तनुले ति बालबालिकाको नाम कृपा र कृपी राखे । केही समयपछि ऋषि गौतम शार्दवानलाई आफ्ना बच्चाहरुको याद आयो र उनले आफ्नो ध्यान दृष्टिद्वारा आफ्ना बच्चाहरु राजा शान्तनुको दरबारमा हुर्किरहेको चाल पाए र गोप्य रूपमा त्यहाँ गई उनले आफ्ना सन्तानलाई गोत्र ​​सहित सबै कुराको पूर्ण परिचय दिए । त्यसपछि ति दुई बालबालिका ऋषि गौतम शार्दवानका सन्तान कहलाईए ।  कृपाचार्यका ज्वाँई हुन् द्रोणाचार्य, उनीसँग कृपाचार्यकी बहिनी कृपीको बिबाह भएको थियो । दोर्णाचार्य र कृपीबाट एक छोरा भएको थियो जस्को नाम अश्वत्थामा हो । द्रोणाचार्य र कृपाचार्य दुवै ज्वाँई जेठान नै धनुर्विद्यामा पोख्त थिए । यि दुवैले पाण्डव र कौरवलाई धनुर्विद्या लगायत अन्य शिक्षा दिएका थिए । कृपाचार्यले पूर्ण शिक्षा हाँसिल गरेपछि, पितामह भीष्मले आफ्ना सन्ततिहरुमा विशेष क्षमता ल्याउन पाण्डव र कौरवका लागि कृपाचार्यलाई दरबारका गुरु बनाईए भने आश्रम गएर अध्ययन गर्नको लागि द्रोणाचार्य थिए । महाभारतको युद्धको अन्त हुँदा जम्मा १८ जना मात्रै बाँचेका थिए । ती बाँचेका मध्ये कृपाचार्य पनि एक थिए ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्