IMG-LOGO

‘काभ्रेली कथा कुथुङ्ग्री’ प्रकाशित हुने

 मंगल, कार्तिक २५, २०७७  --

पनौती साहित्य समाज १२ वर्ष पूरा भएको अवसर तथा बडा दशैं, तिहार २०७७ को उपलक्ष्यमा पनौती साहित्य समाजले काभ्रेली कथाकारहरुको प्रतिनिधिमूलक संग्रह ‘काभ्रेली कथा कुथुङ्ग्री’ प्रकाशनमा ल्याउन लागेको छ । पनौती साहित्य समाजले नियमित रुपमा स्मारिका तथा पुस्तक प्रकाशन गर्ने क्रममा यस पटक प्रतिनिधिमूलक कथा संग्रह प्रकाशन गर्न लागेको हो । प्रा.डा.सुमन राज ताम्राकार प्रधान सम्पादक तथा राम सुन्दर देउजा सम्पादकका रुपमा छन् । उक्त कथा संग्रह नेपाल सम्वत ११४१ को दिन बजारमा उपलब्ध हुने कुरा डा. सुमन राज ताम्राकारले जानकारी गराउनु भयो ।   

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्