IMG-LOGO

समय

 मंगल, माघ ८, २०८१  जगदीश घिमिरे

सङ्घर्षको जुवामा जोतिँदा–जोतिँदा जब मान्छे एक छाक खान पुग्ने हुन थालेको हुन्छ अनि तिमी उसको दाँत फुकाल्न थाल्छौ   पराजय र धोकाको अग्निपरीक्षाबाट गलेर जब मान्छे बल्लतल्ल देख्न र चिन्न थालेको हुन्छ तिमी उसको दृष्टि खोस्छौ   जीवन जहाँ मात्र बुझिन्छ र मात्र बाँचिन्छ जन्मेदेखि जहाँ केवल सिकिन्छ, सिकिन्छ, सिकिन्छ र कहिल्यैपनि जानिँदैन जहाँ, जब अलि–अलि जान्न थालिन्छ जहाँ, जब अलि–अलि बाँच्न थालिन्छ तिमी ठहर गर्छौ वृद्ध भएको अनि तिमी मृत्यु दिन्छौ समय, तिमी कति निष्ठुरी छौ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्