आमाको फरीया नि शब्दमै फेरेको छु बाबाको दौरा पनि शब्दमै फेरेको छु यहाँ, प्रियाको चौबन्दी हरेक चाडमा शाब्दिक फेरेको छु मैले, छोरीको पुतली जामा शब्दबाटै फेरीएको हेरेको छु मैले ! छोराको झोलाभरी शब्दहरु कोचरेर सांसारिक गृहकार्य गराउंदै ..... मदमत्त टेबल ठोक्छु, बुर्जुवा मानसिकता थाप्लोमा राखेर यो देश म सिंगै बोक्छु ! माक्र्सवाद–क्रान्ति शब्दमै बोकेर बैशाखीको सहारामा जीवनका थुप्रै शाब्दिक पहाड उक्लिएको छु, शब्दहरूको मालामा गजक्क परेर तिमी अघी शाब्दिक मुस्कान नि छरेकै छु ! शब्दहरुबाटै चुचुरीएको म शब्द भन्दा पर केही देख्दिन शब्दहरुको उल्टो सिरानी हालेर शाब्दिक रुपमा ऐंठन पर्दा पनि तिनै शब्द ... बहुराउन आउंछन् शब्दहरुको सम्मेलनमा आफ्ना शब्द ठुला बनाउन ... शब्दकै सहारा लिने गरेको छु ! शाब्दिक अ न्तरद्वन्दमा शब्दकै वाणले शब्दहरुलाइ पछार्दैगर्दा कहिलेकाहीँ त यस्तो लाग्छ कि ! .... मेरो कवित्व भन्नू पनि यिनै शब्दहरुको जालझेल मात्र त हैन ?!?