आकाश ! तिमीले, मैले पढेझैँ सुनेझैँ रित्तो, खोक्रो र शून्य छ सारा सूर्यमण्डल ऊभित्र समाए पनि ऊ रिक्त छ उसको छातीमा निर्माण हुन्छन् लाखौँ मकान ग्यालेक्सीका तापनि ऊ एक्लो छ फगत एक्लो सम्पूर्ण भएर पनि शून्य रहनु सायद आकाशको महानता हो विशाल भएर पनि विशेष नहुनु उसको उदारता हो उसको उदारतामा छिपेका होलान् नजाने कति कथा उसको रिक्ततामा कोरिएका होलान् कति विषादका धर्सा बलात्कृत पृथ्वीको पीडा देखेर उसलाई छट्पटी हुन्छ र रुन्छ एकान्तमा उसको रुवाइ शीतका थोपा भई झर्छन् अनि उसका ती आँसु बग्छन् कविताको नदीसरी कुनै कविको कलममा जीवन्त भई ऊ सधैँ पखाल्न खोज्छ पृथ्वीको मैला र प्रत्येक झरी–वर्षाले पखालेर उसको छातीसम्म र्पुयाउछन् दुःख पृथ्वीको हो ! त्यस्तै त्यस्तै छ ऊ तपाईंले मैले सोचेभन्दा भिन्न सूर्य किरणको लालिमाले ऊ प्रत्येक बिहान सजिन्छ सबै पीर बिर्सेर हरेक बेलुकी उसको शिरमा छरिएको सुनौलो आभाले उसलाई तत्पर पार्छ चुनौती स्वीकार्न एउटा कालो अध्यायको र बिस्तारै उसलाई सिङ्गै ग्रास गर्छ अजिङ्गररूपी रातले तर आकाश ! आकाशै हो तिमीले मैले सुनेभन्दा भिन्न त्यो रातको कालो घुम्टोलाई चिर्दै ऊ ताराहरूसित रमाउँछ पृथ्वीको मुटु जूनलाई आफ्नो छातीमा राखी खेल्छ लुकामारी जूनसित हरेन चुनौतीपूर्ण रात ऊ यसैगरी रमाउँँछ