मानव जीवन प्रकृतिको अनुपम उपहार हो । यसलाई चेतनाका दुई पक्ष हृदय र बुद्धिले निर्देशित गर्छन् । हृदयले प्रेम, समानता र करुणाको पक्षपोषण गर्छ भने बुद्धिले निणर्य, विश्लेषण र योजनाको मार्ग देखाउँछ । यी दुई पक्षको सामञ्जस्यले मात्र जीवनको सन्तुलन सुनिश्चित हुन्छ । हृदयले जहिले पनि सबैलाई समान दृष्टिले हेर्न प्रेरित गर्छ । यसले समाजमा सहिष्णुता र समृद्धिको मार्ग खोल्छ । बुद्धिले जीवनलाई संगठित र सहज बनाउने प्रयास गर्छ । तर, जब बुद्धि भ्रमपूणर् निणर्यतर्फ लाग्छ, समाजलाई द्वन्द्व र निराशाको भूमरिमा फसाउँछ । इतिहासले प्रमाणित गरेको छ कि शासक र समाजबीच भएका अधिकांश द्वन्द्व बुद्धिको दुरुपयोग कै कारण उत्पन्न भएका छन् । मानव जीवन आध्यात्मिक र भौतिक चेतनाको संयोजन हो । आध्यात्मिकता जीवनको अमर, स्थिर र सत्य पक्ष हो । भौतिकता जीवनको अस्थायी, परिवर्तनशील र तथ्यात्मक पक्ष हो । यी दुई पक्षको तालमेलले मात्र जीवनलाई सफल र सार्थक बनाउन सक्छ । केवल आध्यात्मिक चेतनाले मात्र जीवन पूणर् हुँदैन, न त भौतिक चेतनाले । जीवनलाई सन्तुलित बनाउन यी दुईको समान विकास आवश्यक छ । जीवन प्रकृतिको निर्देशनअनुसार सञ्चालन हुने धर्तीको रंगमञ्च मा निर्वाह गरिने पात्रताको रूपहो । प्रारब्ध, कर्म र नियतिको विधानले यसलाई अघि बढाउँछ । सभ्यता, दर्शन र शास्त्रले मानवलाई सक्षम, सबल र उर्जावान बनाउन सुस्पष्ट ज्ञान दिएका छन् । तर वर्तमान समाजमा हृदयको स्थानमा बुद्धिको एकपक्षीय प्रभावले यो ज्ञान ओझेलमा परेको छ । आज विद्वानहरूकै प्रतिभा बन्द बाकसमा सीमित छ । सोच र कार्यबीचको तालमेल बिग्रँदा, हुनुपर्ने कुरा हुँदैनन् र नहुनुपर्ने कुरा हुने होडबाजी मात्र देखिन्छ । मानिसले प्रकृतिको स्वाभाविक निर्देशनको उपेक्षा गर्दा आफूलाई दुःख र द्वन्द्वको चक्रमा फसाएको छ । हृदय र बुद्धि एकअर्काका परिपूरक हुन् । हृदयले भावना र करुणा उत्पन्न गर्छ, जबकि बुद्धिले त्यसलाई मूर्त रूप दिन्छ । यी दुवै पक्षको तालमेलले मात्र समाजमा सन्तुलन र समृद्धि ल्याउन सकिन्छ । जस्तै, हृदयले प्रेमको बीजारोपण गरे पनि त्यसलाई अंकुराउन बुद्धिको संरक्षण आवश्यक छ । मानव जीवनको सार्थकता र सफलता दुवै पक्षको सामञ्जस्यमा निर्भर छ । व्रह्माण्ड चेतनाका दुई आयाममा विभाजित छ । आध्यात्मिक चेतना सत्य हो, जुन स्थायी र शाश्वत छ । भौतिक चेतना तथ्य हो, जुन अस्थायी र परिवर्तनशील छ । यी दुई चेतनाको तालमेलले मात्र जीवनको सार्थकता दिन्छ । केवल आध्यात्मिकताको खोजले संसारलाई चटक्कै त्याग्न सकिन्न, न त केवल भौतिकताको पछाडि लागेर जीवनको गहिराई बुझ्न सकिन्छ । जीवन रंगमञ्च हो, जहाँ हरेक पात्रले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । प्रारब्धको विधानलाई कसैले परिवर्तन गर्न सक्दैन । चाहे देवता हुन् या मानव, प्रकृतिको नियम सबैका लागि समान छ । आफ्ना मूल्य र मान्यताहरूलाई समयको प्रवाहसँगै संरक्षण गर्न सक्नुलाई नै जीवनको सफलता मान्न सकिन्छ । पद, प्रतिष्ठा र पैसामा मात्र जीवनको सार्थकता छैन । जीवनका प्रत्येक पलमा आनन्दित हुन सक्नु, प्रेम र करुणालाई आत्मसात् गर्न सक्नु नै सफल जीवनको सही परिभाषा हो । जीवनमा हृदय र वुद्धी पक्षलाई सरल, सुन्दर र सामञ्जस्यपूणर् बनाउनु सक्नु नै साँचो सुखको स्रोत हो । प्रकृतिको काखमा हरियाली र फूलहरूको सौन्दर्यसँग बितेका साना क्षणहरूले हृदयमा मिठास भरिदिन्छन् । आफ्ना विचार र व्यवहारले समाजमा सकारात्मक प्रभाव छर्दै, जीवनलाई उज्यालो बनाउनु नै सच्चा जीवन जिउने कला हो । मानव जीवन प्रकृतिको निर्देशनअनुसार अघि बढ्छ । सागर बन्ने यात्रा कठिन छ, तर असम्भव छैन । प्रकृतिको शिक्षालाई आत्मसात् गर्दै, हृदय र बुद्धिको तालमेलसँगै यात्रा गर्न सकिन्छ । सनातन संस्कृति र सभ्यता मानव जीवनको उत्थानका लागि मार्गदर्शक हुन् । मानिसले आफ्नो पतनको कारण आफूलाई नै मान्नुपर्छ । यदि अरूलाई दोष दिएर जीवन सञ्चालन गरिन्छ भने त्यो बुद्धिको कमजोरीको प्रतिफल हो । मानव जीवनलाई सार्थक बनाउने सूत्र हृदय र बुद्धिको सन्तुलनमा निहित छ । जय अघोर ।