हिजो राती सपनामा तागेरानिवाफुङ्माङ आएर यसो भनिन्– ल कान्छा जे छोइस् तेरो भो । तब मैले माटो छोएँ, ढुङ्गा छोएँ, हावा छोएँ, पानी छोएँ, खोला छोएँ, आगो छोएँ.... सप्पैसप्पै मेरो भयो । र स्वयम्लाई छुन खोज्दा बिम्झिएँ बाँकी रात निन्द्रा लागेन छुकछुक्क लागिरह्यो .. तिमीलाई छुनु थियो, कसो छोइनँ । (नोटः– तागेरानिवाफुङ्माङ– लिम्बु जातीमा स्वय)