झगडा भयो ! मृत्युको सामना गर्दा मेरो लड्ने मनसाय थिएन, पालोमा भेट्ने वाचा थिएन, बाटो रोकेर उभिएको मृत्यु लार्जर द लाइफ भइन् जस्तो लाग्थ्यो मृत्युको उमेर कति हो ? एक पलको लागि पनि होइन, जीवन चल्छ, आज छैन भोलि मन भरी जिउँदै छु, मन भरी मर्छु, फर्केर आउनेछु, यात्रा सँग किन डराउनु ? चुपचाप नआउ, चुपचाप, मलाई अगाडी आक्रमण गर अनि परीक्षा गर मृत्युदेखि अनभिज्ञ, जिन्दगीको यात्रा, हरेक साँझ सुन्दर छ रातमा बाँसुरीको आवाज यस्तो होइन कि दःुख छैन, दुःख हाम्रो भन्दा कम छैन । मैले अपरिचितहरूबाट यति धेरै माया पाएको छु, न मेरो आफ्नै विरुद्ध कुनै द्वेष छ । हरेक चुनौतीलाई दुई हातले सामना गरेको छु, बत्ती बालेको छु र आँधीबेहरीमा निभाएको छु । आज चर्को आँधी छ, डुङ्गा भँवरको काखमा पाहुना छ जित्ने संकल्प थियो तर आँधीबेहरीको मनोवृत्ति देखेर साहस तनाव भयो मृत्युको सामना गर्नुपरेको छ । (भारतका पुर्व प्रधानमन्त्रीको यो कविता श्रमजीवीले अनुवाद गरेका हुन्)