IMG-LOGO

उमेर

 मंगल, कार्तिक १३, २०८१  – सीता पाण्डे

  उमेर बढ्दै जाँदा भन्न मन लाग्दो रहेछ, उमेर त केही होइन, एउटा नम्बर मात्र हो   यदि, यो नम्बरै हो भने पनि, किन ? यो यसरी ह्वाल– ह्वाल्ती बढिरहेछ !   मैले, यो के देख्न परेको होला ? सहन परेको होला ? आँखाहरू, हेर्न मान्दैनन् कानहरू सुन्न, अटेर गर्छन् पैतालाहरू, अल्छि मान्छन् तर, म उस्लाई कोर्रा हानिरहेकि र हानिरहेको छु, कुद् न होईन, हिंड्न (हिंड्न ? वा घस्रन !) बिवस गराई रहेकि छु÷गराई रहेको छु ।   उमेर, बढ्दै जाँदा भन्न, मन लाग्दो रहेछ, उमेर त केही होईन, एउटा– नम्बर मात्र  हो   सबै चिज बढेको मन पर्छ ध्न–संम्पत्ति बढेको, यश, गौरब बढेको, संन्तति बढेको तर, उमेर ! केही बेर रोकिए हुन्थ्यो ! (जिन्दगी  होईन नी !) बिश्राम मारे हुन्थ्यो बिरामी भई दिए पनि हुन्थ्यो ! बेहोस भई दिए हुन्थ्यो ! अनि आकास मा कावा खाँदै उडेको चंङ्गा को धागो जस्तै स्वाट्ट– स्वाट्ट उमेरको धागो तल  तान्न पाए हुन्थ्यो !   उमेर ! किन, यसरी बढिरहेको छ ! मैले, यस्का लागि केही गरि दिएकी र गरि दिएको पनि छैन यस्का लागि स्याहार–संभार गरेको पनि छैन खर्च गरेको पनि छैन केही गरेकै छैन तै पनि, यो किन बढि रहेको छ ? मलाई थाहै नदिई, पत्तै नदिई   ”यो“, म ननिदाउँदा पनि बढ्छ, निदाउँदा पनि बढ्छ किन ? यसलाई अल्छि लाग्दैन ? थाक्दैन ?   भो, उमेर ! अब के तिमी केही बेर पर्खिन सक्छ्यौ ? केही बर्ष रोकिन सक्छ्यौ ? थकाई मार्न सक्छ्यौ ?   म, साना नानीहरूसित मेरा, नाति–पलातिहरू सित एकै छिन, बात मारेर आउँछु एकै छिन, भेटेर आँउछु भिडियो गेम खेलेर आउँछु टम एण्ड जेरि को कार्टुन हेरेर आउँछु, उनिहरूलाई, एकै छिन आऊ, निदरी आँखामा ..भन्दै लोरी सुनाएर, सुताउन चाहन्छु उनिहरूको स्कूले ब्याग बोकेर स्कूल, पु¥याउन र लिन जान चाहन्छु उनिहरूलाई, एक पटक ”च्वाक्क“ म्वाई खान चाहन्छु ।   उमेर ! तिमी, पर्ख नहिंड । हामी, दुबै सँगै नहिडौं तिमी, बस ! निदाऊ ! मलाई भने, धेरै कुरा गर्न बाँकी छ, धेरै काम, गर्न बाँकि छ !

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्