आज म यस शहरमा नाङ्गै उपस्थित भएको छु तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई । कचल्टिएको भातजस्तै आधाकाँचा मानिसहरूको बस्तीमा मेरो नाङ्गोपन कुनै रमिता बनेन । यिनीहरू अचेल कागजको पूmलमा बास्ना हाल्छन् यिनीहरू अचेल रोबोटको शरीरमा धुकधुकी भेट्छन् मानिस–मानिसबीच संवेदनशीलता र सहृदयता मानिस–मानिसबीच सद्भावना र म्वाई अब चाहिएन अब चाहिएन प्रेम, आत्मीयता र मृदु कुराहरू पनि र विकृत भइसके मानवीय मूल््यहरू..... यस्तो अवस्थामा, यसशहरमा, यहाँका मानिसहरूबीच नाङ्गो हुनुबाहेक अर्को बाटो पनि त छैन । यस शहरमा आज म नाङ्गै उपस्थित भएको छु र भोलि शहर, गाउँ र बस्तीका तमाम नागरिक नाङ्गै देखिइनेछन् निर्वस्त्र हुनेछन् शरम नभएको शहरमा ।