कुशादेवी, ¥याले बिहाबर क्षेत्रका सापकोटाहरुले काभ्रेली साहित्य क्षेत्रमा मात्र नभई नेपाली साहित्य आकाशमा राम्रो योगदान दिँदै आएको छ । सापकोटाहरुको यही साहित्यिक लिगेसीलाई निरन्तरता दिने क्रममा पछिल्लो छिमलका प्रदीप सापकोटा आई पुगेका छन् । प्रदीप सापकोटाको तेश्रो कृति हो – यात्राको लय (नियात्रा संग्रह) । यस अघि यात्राका इन्द्रेणी रङ (नियात्रा संग्रह, २०७७) र मनको वारपार (मुक्तक संग्रह, २०७८) । यस संग्रहमा १७ वटा नियात्रा लेखहरु समेटिएका छन् । पहिलो लेखमा नेपाल रेडक्रस सोसाईटीको सामुदायिक प्रशिक्षक तथा कार्यकर्ताहरुको बैठकका लागि महेन्द्रनगरसम्मको यात्रा बारे छ । २०५९ सालतिर सशस्त्र द्वन्द्वका उत्कर्षताका पहिलो गाँसमा ढुंगा भने भैंm यात्राको थालनीमै प्रहरीबाट भएको नमिठो व्यवहारको पुनर्ताजगी गराइएको छ । त्यो बेला मोबाइल नहँुदाको समस्या थाहा पाउँदा अनौठा मान्न सकिन्छ । दोश्रो लेखमा महेन्द्र्रनगरकै बसाईको बेला टनकपुर यात्रा उल्लेख भएपनि यात्राको बेलीबिस्तार नै भएपनि यात्रा प्रसङ्गलाई रोचक, मार्मिक र त्यो बेलाको समय पुनःस्मृति गराउन यस लेखमा मात्र नभई कृति भरि नै बीच बीचमा शहिद, साहित्यिक व्यक्तित्व तथा राजनैतिक व्यक्तिहरुको पनि यथोचित चर्चा पढ्न पाइन्छ । यसमा राष्ट्रियताको भावना गजबले जगाएको छ भने अहिले सुन्दा अचम्म लागेपनि रिल लोड गर्नुपर्ने क्यामराको जमानामा दुखजिलो गरि खिचेको फोटोहरु पनि भारतीय सशस्त्र सीमा प्रहरी बलले मेटिदिँदाको बयान रगत उम्लिने खालको छ । राजनैतिक नेताहरुमा दूरदर्शिता नहुँदा वा कुनैपनि सन्धि सम्झौता हुँदा देशको हितलाई सर्वोपरिमा नराख्दाको परिणाम देशवासीले भोग्नुपर्ने वास्तविकता सदृश्य उल्लेख छ । तेश्रो देखि सातौं लेख कामको सिलसिलामा बाग्लुङ वरिपरिकै छ । तेश्रो लेखमा २०६० साल ताका बाग्लुङ हुग्दिशिर सम्मको यात्रा खरीजुकाको आतंक जिउ नै सिकसिक लाग्ने खालको छ । यसै यात्रामा जनगायक जीवन शर्मासँगको भेट, त्यतिबेलाको चलन वा तत्कालीन सशस्त्र द्वन्द्वले गर्दा हो पिँढीको बास भएपनि मगर दाजुको आतिथ्यता राम्ररी समेटिएको छ । चौथो लेखमा लेखक एकातिर बाग्लुङ गल्कोटको प्रकृति प्रति मुग्ध भएको देखिन्छ भने सरकारी स्कुलको हविगत देखेर खिन्न भएको देखिन्छ । यस भागमा खच्चडको वर्णन, घोडाबाँधेको बखान, स्थानिय रेडक्रसकर्मीहरुको फेहरिस्त र गल्कोट दरबारको बयान उल्लेख छ । पाँचौं लेखमा लेखक बाग्लुङकै गल्कोट स्थित शितलपाटीमा तीन दिने तालीम चलाउन जाने क्रममा शुरुमा मनकारी रेडक्रसकर्मीको राम्ररी आतिथ्यता पाएपनि एक ज्योतिषीको भविष्यवाणी लगत्तै सांघातिक आक्रमण भएको कारण यस दिनको अन्त्य वियोगान्त खालको छ भने त्यस घटना लगत्तै साठी कटेकी आमाको ढाडस, बाग्लुङको सदरमुकाम फर्किने क्रममा राती हटियामा बास बस्ने बेला बिहानको घटनाको झझल्कोले लेखककालाई राती अनिँदो बनायो । छैटौं लेखमा ‘नबिराउनु, नडराउनु’ भने भैंm अघिल्लो पटक सांघातिक आक्रमण भएको बेलामा भन्दा फरक परिदृश्य देखियो यसपटकको गल्कोटको यात्रा, आक्रमणकर्ताको आत्मलोचना गरे भने तालीमको समापनमा मन्तव्य राख्ने क्रममा यसै विषयमा भावुकता बने लेखक । सातौं लेखमा तथाकथित छुवाछुत माथिल्लो जात र तल्लो जातमा मात्र होइन, तल्ला जातिहरुबीच आपैंmमा पनि उँचनिचको माथापच्ची रहेछ । यसैलाई चिर्न लेखकले गरेको सहभोजको प्रयास एवं मानिसले शिक्षा पाएर मात्र केही नहुने रहेछ भन्ने चेतना हुनुपर्ने, ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने रहेछ भन्ने शिक्षा पाए लेखकले । आठौं लेखमा बाढी पीडितलाई राहत वितरणको लागि मधेशको जीवनभोगाई नजिकबाट नियाल्न पाएका लेखकले वनेपा सिन्धुली राजमार्गको वर्णन, मुसहर एवं चमार जाति, बेरोजगारीको समस्या, नागरिकताको पीडा सपाट पोखेका छन् । नवौं लेखमा सर्लाहीको यात्रा उल्लेख छ, यो पटक वीपी राजमार्गको सकसपूर्ण यात्रा, कोरोना कहरका बीच वृद्धाश्रमको यात्रा र मनकारी बासु कोइरालाको बखान छ । दशौं लेखमा आफ्नो थातथलोमा हुन लागेको बाह्रवर्षे मकरमेलाको प्रचारप्रसारको सिलसिलामा गाईघाटसम्मको यात्रा वर्णन छ । यात्राका बीच दुम्जास्थित कुशेश्वर महादेवको वर्णन राम्ररी गरिएको छ । एघारौं लेखमा मकरमेलाकै प्रचारकै निरन्तरता दिने क्रममा वराह क्षेत्र चतराधाम एवं बालसन्त महाराजको बखान छ । बाह्रौं र तेह्रौं पनौती नगरपालिकाको न्यायिक समितीको अवलोकन भ्रमणको क्रममा जिरी एवं दोलखा वरिपरि गरिएको भ्रमणको वर्णन छ । चौधौं र पन्ध्रौं लेखमा दार्जिलिङ यात्राबारे छ । टाइगर हिलबाट सूर्योदय दृश्य हेर्न नपाउँदा हिस्सिएका लेखकले यसै लेखमा नक्सलाईट आन्दोलनको वर्णन, चौरास्तामा भानुभक्तको प्रतिमा देखेपछिको भावुकता र नेपाल फर्किने क्रममा ईलाम पशुपतिनगरनजिकैको मिरिक बजार घुम्दाको चर्चा छ । सोह्रौं लेख साहित्यमय यात्राको छ । सुकुटे यात्रा एवं बसाईको क्रममा नेपाल स्रष्टा समाजका दुईदिने कार्यक्रमबारे बखान छ । अन्तिम लेखमा पनौती नगरपालिकाको कामले हेटौंडा यात्रा गर्दाको छ । यसमा कान्ति लोकपथको यात्राको वर्णन एवं ऐतिहासिक मकवानपुरगढी भ्रमणको चर्चा छ । समीक्षक र नियात्राकारको नियती पनि गजबको हुन्छ । दुवैले स्वाद लिएर पढ्न र घुम्न पाउँदैन । किनकि समीक्षकले कृति पढ्दै गर्दा कृतिकारको सबल र दुर्बल पक्षबारे हेक्का राख्दै जानुपर्ने हुन्छ, साहित्य पठनको खासै स्वाद दिन पाइन्न । किनकि अन्य पाठकले जस्तो खुरुरु पढ्दै साहित्यिक कृतिको रसरागपान गर्दै जान पाउँदैन । यस्तै नियति प्रदीप सापकोटा जस्तो नियात्राकारको पनि हुन्छ । अन्य भ्रमणकर्ता वा पर्यटकले जस्तो स्वाद मानी मानी ठाउँ घुम्ने, दृश्यपान गर्ने, रमाइलो मात्र गर्ने भन्ने हुँदैन कतिपय जानकारीको टिपोट राख्ने, कतिपय स्थानीयसँग जानकारी लिने, जिज्ञासा राख्ने, समय, स्थान, परिवेश, लवाई, खवाई, मौसम, बाटाघाटा, वनजङ्गल, खोलानाला सबैको टिपोट राख्दै जानुपर्ने हुन्छ । यस क्रममा शुद्ध पर्यटकलाई भन्दा बढ्ता जिम्मेवारी हुन्छ । त्यस माथि कृतिका रुपमा प्रकाशन नै गर्ने हो भने पहिले देखिको घटना सिलसिलेवार रुपमा टिपोट, टङ्कन, प्रकाशन गरेर मात्र कहाँ पुग्यो र ? अलिकति तलमाथि हुनासाथ समीक्षकले टोकसो गरिहाल्छन् । जस्तो कि पेज ८७ मा कुशेश्वर महादेव खासमा रोशी र सुनकोशीको दोभानमा अवस्थित छ । पेज १३२ मा दोलालघाट ईन्द्रावती र सुनकोशी सङ्गमस्थल हो । पेज १३३ मा श्रीओम रोदनलाई तीन दशक उमेरको लक्का जवान बनाइदिएका छन् । यस बाहेक अलि अलि अन्य मुद्रा राक्षस छन् नै । ती समय, पात्र, स्थान विशेषको भोगाई र रसस्वादन अन्यले पनि गरेका थिए नि तर प्रदीप सापकोटाकै काँधमा यसलाई लेख (नियात्रा) को रुपमा लेख्न आईप¥यो त ? अर्को अर्थमा, प्रदीप सापकोटाले आपूmले भोगेको समय र पाईला हालेको भूगोलको टिपोट कृतिका रुपमा नल्याएको भए ती कुराहरु मानसपटलबाट बिस्तारै हराउँदै जाने थियो । यति हुति देखाएकै कारण त नेपाली साहित्य आकाशमा नियात्राकारका रुपमा काभ्रेली युवा प्रदीप सापकोटाको नाम पनि दर्ज भएको छ । यात्रा जारी रहोस् । कृतिः यात्राको लय विधाः नियात्रा कृतिकारः प्रदीप सापकोटा पृष्ठः १४४+४ प्रकाशकः भुँडी प्रकाशन, काठमाण्डौं