दुर्दिनमा जन्मेको मैले के गर्न सक्थे र ? हावामा पल्टाबाजी खान डराएथें तापनि आखिरी थाप्नु प¥यो मुड्की टाउकैले । च्यातिएको टोपी भित्र मुख लुकाएर व्यस्त बजारको बीचबाट म गुज्रन्छु । चुहिएको डुंगामा रक्सि राखेर म नदीको धार सँगै बग्छु । आँखीभौ तन्काउछु, रत्ति पर्वाह नगरी म तिर ठडयाएका हजार बैरीका औँलाको शिर निहुराई, बनेर गोरु नै सेवा गर्छु बरु केटाकेटीहरुको । एकान्त सानो मेरो कोठामा एकान्त स्थितिको आनन्द लुट्नेछु कसले पर्वाह राख्छ, हिउद होस् वा गर्मि कसले पर्वाह राख्छ, शरद होस् या बसन्त ! (लु शुन चिनियाँ साहित्यकार हुन)