IMG-LOGO

बाढी र राहत

 मंगल, असोज १५, २०८१  ---

   सरकार राजधानीमै बसेर हेर्दैछ केही दिनमा हेलिकोप्टरबाट पनि हेर्नेछ । फर्केर सिंहदरवार पुगेपछि बाढीमा बगेकाहरू र पहिरोमा पुरिएकाहरू देखेर उसको चित्त बेस्सरी दुख्नेछ, मन भत्भती पोल्नेछ मिडियाकर्मी अगाडि परे भने त झन् गोहीको आँशुु धरधरी झर्नेछ । अनि ’बाँचेछौँ भने राहत बाँढ्नेछौँ ’ को शैलीमा वक्तव्य पनि निकालेर भन्नेछ ’सरकार त जोडतोडका साथ काम गरिरहेको छ, हे ! जोखिममा रहेकाहरु हो ! आफ्नो ज्यान आफैँ जोगाउनू, पहिरो र बाढीबाट बच्नूु ।’   सक्ने रमितेहरू पुलभरि जम्मा भएका छन् नसक्ने तमासेहरू मोबाइलमा औँला खियाइरहेका छन् पानीले ढाकेको जमिन, बाढीले बगाएका मुढा, घर र मान्छे अनि पहिरोले पुरेका गाडी र खेत हेरेर आनन्द लिइरहेका छन् ।   मानौं उनीहरू कुनै हरर फिल्मको ’क्लाइमेक्स“ दृष्यमा रमाइरहेका छन् बेलाबेलामा मनमा करुणा पनि जाग्दो हो बरा ! ’ज्या !’र ’च्व च्व“ पनि मुखबाट निकालिरहेका छन् । केही दिनमा राहतको पोको बनाउनेछन् बचेखुचेका घरहरूमा पुग्नेछन् बाढीले ज्यूँदो छोडेका आत्माहरुमा लागेको खाटो बस्न आँटेको घाउ बल्झाउनेछन् ’हजुरलाई कस्तो आपत् परो हगि ’! भन्नेछन् ।   सरकारको विरोधमा दुई–चार लाइन विष वमन पनि गर्नेछन् राहतको नाममा केही पोका सामान बाँढ्न दर्जनौँ हात लम्काइनेछन् । वरिपरि भीड लागेका मोबाइलका ’फ्ल्यास“हरू झिलिक्क झिलिक्क हुनेछन् र ’यूट्युब“का च्यानलहरुमा ’ढ्यान्ट्यरान“को शैलीमा ’भाइरल“ समाचार पस्किनेछन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्