IMG-LOGO

ममताको संसार

 मंगल, असोज ८, २०८१  – सुनिता बस्नेत थापा

सिन्दुरको धर्को कोरेका हातले रगतको पोखरी जमाएको दिन विश्वास र समर्पणको अचानोमा जीवन छिया छिया पारेको छिन त्यो सुकुमारी फूल   कसरी किचिमिचि भयो होला आफ्नै मालीले जरो काटेको दिन कति छट्पटायो, चिच्यायो होला विन्ती भाउ गर्दै रोयो होला सन्तानको मायाले रोक्यो होला बावु आमा सम्झि मुटु घोच्यो होला   आँखाबाट सपनाहरु खस्दा मानव भित्र लुकेको दानव देख्दा सहयात्राका हातहरु छुरा बनेर तेरो जीवन मेरो हातमा छ भन्दा ‘मेरो राजा’ जिस्किए भन्यौ होलि प्रेमले पग्लिएर बाहुपाशमा प¥यौ होलि मायाको खोलले धोकालाइ छोपेको कल्पनासम्म कहाँ गरेकि थियौ होलि र ? काखैमा राखि छुरी रोपेको !   जून तारा हेरि टोलाइ रहे चराचुरुगीले बोलाइ रहे धरती र आकास निःशब्द भए आँशुका नदी बगि नै रहे कुन माटोमा लुकायो होला कुन पानीमा बगायो होला रगतको पोखरीमा पौडी खेलेर अमृतको धाराले नुहाउन खोज्ने मान्छे मनमा बिषको घडा भरेर आफ्नो बचाउको कथा सुनाउने मान्छे माया र ममताको संसार लुटेर आफ्नो सपना सजाउन सक्दैनौ   दुखाईसँग दुख्नुको अनुनय छैन अब विश्वासघातसँग विश्वासको अभिनय हँुदैन अब   उनको सातफेरो अग्नीको कसम उनको रगत जस्तै रातो सिंदुरको कसम उनले गरेको विश्वास र समर्पणको कसम   तिम्रो मन ग्लानीको अग्नीले पोलि रहोस् तिम्रो धमनीमा पीडाको आँशु बहि रहोस् आजीवन उनैको छटपटीले डसी रहोस् सजायँको फन्दाले घाँटी कसि रहोस्    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्